काठमाडौं–महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज बस्ने भएको छ । कम्पनीको छैठौं वार्षिक साधारण सभा ११ बजेदेखि काभ्रेको धुलिखेलमा सुरु हुनेछ । कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन् ।
सभाले गत आर्थिक वर्षको प्रतिवेदन, नाफा–नोक्सान र नगद प्रवाह लगायतका वित्तीय विवरण माथि छलफल गरी पारित गर्नेछ। साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने र संस्थाको ‘क’ समूहमा रहेका संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना संचालक नियुक्त गर्नेछ ।
त्यस्तै, अन्य लघुवित्तसंग गाभ्ने, गाभिने प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ ।



About Us
प्रतिक्रिया