काठमाडौं– फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ लाख ५० हजार कित्ता को आईपीओ निष्कासन गर्न लागेको हो ।
आईपीओको खरिदका लागि फागुन २७ गतेदेखि चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ । यसका लागि नक्सालस्थि नारायणचौरमा रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यलयमा जानुपर्ने कम्पनीले जनाएको छ । साथै न्यूनतम १५ हजार कित्ता आइपीओका लागि आवेदन दिन सकिनेछ ।
सो भन्दा बढी खरीद गर्न बोलपत्र पेश गर्नेहरुले १० अंकको गुणामा अधिकतम १ लाख ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीका अनुसार आवेदन फाराममा आफूले लिन चाहेको शेयर कित्ताको दर रेट अंक र अक्षरमा स्पष्टसंग लेख्नु पर्नेछ ।
प्रतिक्रिया