काठमाडौं– प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ८४ हजार १४४ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
शेयर खरिद गर्न इच्छुकले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (फागुन २५ गते) देखि १५ दिन भित्र आवेदन दिन सक्नेछन् ।
यसअघि बैंकका विद्यमान संस्थापकहरुलाई शेयर बिक्री खुला गर्दा आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्रीमा राखिएकाे हाे ।
प्रतिक्रिया