काठमाडौं– सर्वोत्तम सिमेन्टको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ। कम्पनीको आइपीओ ५५ हजार ५२१ जनाले ५० कित्ताका दरले पाएका छन्।
कम्पनीले गत आइतबार अर्थात् फागुन १३ गतेदेखि १६ गते बुधबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो।कम्पनीको आइपीओमा कुल ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता शेयरका लागि आवेदन परेको थियो।
बिक्री प्रवन्धक रहेकाे ग्लोबल आईएमई क्यापिटलका अनुसार ९ लाख ५८ हजार ९५९ आवेदन स्वीकृत र १ हजार ३४२ आवेदन रद्द भएको छ। गोलाप्रथाबाट बाँडफाँट गर्दा बाँकी रहेको २६ कित्ता पनि ५० कित्ताभन्दा बढी आवेदन दिएका लगानीकर्ताहरुले प्राप्त गरेका छन्।
प्रतिक्रिया