काठमाडौं–नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने अभियान सञ्चालन गर्दै हिनेकालाई सरकारले छुट नदिने चेतावनी दिएका छन् । बधाई तथा शुभकामना दिन सिंहदरबार पुगेका नेपाल बैंकर्स संघका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिनँ भन्ने र तिर्नु हुन्न भन्नेलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने बताएका हुन् ।
सरकारले लगानीको वातावरण बनाउने र सुरक्षाको प्रत्याभूति दिलाउने पुनको प्रतिबद्धता छ । पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा बढ्दै गएको नकारात्मक धारणा, बैंक तथा वित्तीय संस्था लक्षित आक्रमण, राज्यपक्षबाट भएका धरपकड लगायत विषयमा अर्थमन्त्री पुनलाई जानकारी दिन बैंकर्स संघले बिहिबार मन्त्री पुनलाई भेटेका हुन् ।
प्रतिक्रिया