नेपाल इन्भेष्टमेन्ट बैंकले पायो युरोमनि अवार्ड

नेपाल इन्भेष्टमेन्ट बैंकले पायो युरोमनि अवार्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट बैंक 'युरोमनि  मनि अवार्ड फर एकसीलेन्स २०२१'बाट सम्मानित भएको छ । बैंकले दोस्रो पटक यो अवार्ड पाएको हो । यस अघि बैंकले २०१८ मा यो अवार्ड जितेको थियो ।
युरो म्यागाजिनले वित्तीय क्षेत्रमा निकै सम्मानित मानिने यो अवार्ड हरेक बर्ष एउटा देशको उत्कृष्ट बैंकलाई प्रदान गर्दै आएको छ। यो अवार्ड सन् १९९२ बाट वितरण गर्न सुरु गरिएको हो । बैंकको गुणस्तरीय सेवा, सिर्जनात्मक र ग्राहक प्रतिको विशेषज्ञताका लागि युरो म्यागेजिनले यो अवार्ड प्रदान गर्दै आएको छ।

इन्भेष्टमेन्ट बैंकले ८६ शाखा, १३१ एटिएम , २० एक्सटेन्सन काउन्टर, १० वटा राज्शाव संकलन काउन्टर, ५८ वटा शाखा रहित बैंकिंग सेवा मार्फत ग्राहकहरुलाई सेवा पदान गर्दै आएको छ ।