काठमाडौं– नेपाल राष्ट्र बैंकको गत फागुन २१ गतेको तथ्यांक अनुसार हाल बैंकिङ्ग प्रणालीमा ६१ खर्ब ७३ अर्ब निक्षेप संकलन भएको छ । फागुन २० गते ६१ खर्ब ७१ अर्ब निक्षेप रहेकोमा एकैदिन २ अर्बले निक्षेप बढेको केन्द्रिय बैंकको तथांकले देखाउँछ ।
बैंकको तथ्यांकअनुसार गत सोमबारसम्म कुल कर्जा प्रवाह ५० खर्ब ९० अर्ब रहेको छ । जसमध्ये वाणिज्य बैंकले ४५ खर्ब ३ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको तथ्यांकले २० गते भने ५० खर्ब ८८ अर्ब कर्जा प्रवाह भएको देखाएको छ । सो समयमा बैंकहरुको कर्जा निक्षेप–अनुपात (सिडी रेसियो) ८०.०३ कायम भएको छ ।
आइतबार ८०.०२ रहेको सिडि रेसियो सोमबार ०.०१ ले बढेर ८०.०३ पुगेको हो । त्यस्तै, केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले अन्तर बैंक ब्याजदर भने घटेको देखाएको छ । आइतबार २.९१ रहेको अन्तरबैंक ब्याज सोमबार २.८१ प्रतिशत पुगेको हो ।
प्रतिक्रिया