काठमाडौं – सरकारले आगामी ८ वर्षका लागि विकास ऋणपत्रमार्फत ८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले आज एक सुचना जारी गर्दै सो जानकारी दिएको हो । विकास ऋणपत्र २०८८ ‘झ’ मार्फत नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने भएको हो ।
बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था अथवा नेपाली नागरिकले फागुन २९ गते दिउँसो ३ बजेसम्म खरिद गर्न सक्ने बैंकले जनाएको छ । ऋणपत्रको बोलकबोल सोही दिन हुने बैंकले जनाएको छ ।
इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी दुवै समूहमा भाग लिन सक्नेछन् भने बैंकका अनुसार प्रतिस्पर्धी प्रणालीमा कूल ऋणपत्र निष्काशनको ८५ प्रतिशत अर्थात ६ अर्ब ८० करोड रुपैयाँ छुट्टाइएको छ र अप्रतिस्पर्धी बोलकबोलमा १५ प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ छुट्टाइएको छ ।



About Us
प्रतिक्रिया