बैंकिङ्ग प्रणालीबाट एकैपटक ५० अर्ब तान्दै केन्द्रीय बैंक

बैंकिङ्ग प्रणालीबाट एकैपटक ५० अर्ब तान्दै केन्द्रीय बैंक


काठमाडौं– नेपाल राष्ट्र बैंकले एकै पटक ५० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्न (भोलि) २४ गते एकैपटक ५० अर्ब रुपैयाँ खिच्ने भएको हो।

फागुनमा यो पहिलोपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो। राष्ट्र बैंकले यसका लागि भोलि बिहीबार दिउँसो ३ बजे बोलकबोल गर्ने भएको छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो १४ दिने निक्षेप संकलन उपकरणको चैत ८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।