काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.३३ अकंले बढेर २०१७.०३ बिन्दुमा बन्द भएको छ । आज ३०८ कम्पनीको ९१ लाख ३८ हजार १५४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ ।
बुधबार १० वटा उपसूचकमा हरियाली आएको छ । आज विकास बैंक समूहको ०.१३ प्रतिशत, फाइनान्स समूहको १.६८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८६ प्रतिशतसहित १० उपसूचकमा हरियाली आएको हो। आज १७५ कम्पनीको मूल्य बढ्दा ६२ को घट्यो भने ११ को स्थिर रह्यो ।
प्रतिक्रिया