सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले शेयरधनी क्षितिज भुषालको नाममा रहेको ४० हजार २३७.६४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो।

बैंकले बिक्रीमा ल्याएको शेयरको प्रति कित्ता मूल्य १०५ रूपैयाँ ताेकेकाे छ ।

शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित मिति (फागुन २३) गते बुधबारले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।