काठमाडौं – आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २ लाख ७५ हजार ९२७ कित्ता शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले हाल कायम संस्थापक शेयरधनीले मात्रै किन्न सक्नेगरी शेयर बिक्रीमा ल्याएको हो।
सो शेयर किन्न इच्छुक संस्थापकले शेयर कित्ता सङ्ख्या र सोको मूल्य खुलाई आजको ३५ दिनभित्र निवेदन दिनुपर्ने संस्थाले बताएको छ । शेर खरिदकाृे लागि आवेदन कम्पनीको केन्द्रीय कार्यालयमा दिनुपर्ने छ।
प्रतिक्रिया