काठमाडौं- हिजो अर्थात अघिल्लो कारोबारको दिन तेस्रो पटकसम्म सकारात्मक सर्किट लागेको शेयर बजार आज ७० अंकले घटेको छ । आज ७०.३१ अंकले घटेर शेयर बजार परिसूचक २००७ कायम भएको छ ।
त्यस्तै, आज ३१६ कम्पनीको १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार ९५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज २१३ कम्पनीको शेयर कारोबार घटेको छ भने ३३ वटा कम्पनीको शेयर कारोबार बढेको छ । त्यस्तै २ वटा कम्पनीको कारोबार भने बराबर रहेको छ ।
प्रतिक्रिया