काठमाडौं– नेपाल सरकारका निजामती कर्मचारीहरुले अबदेखि खुल्ला बजारबाट शेयर कारोबार गर्न पाउने भएका छन् ।
सोमबार संसदमा दर्ता भएको संघीय निजामती विधेयक, २०८० मा नेपाल सरकारका निजामती कर्मचारीले खुल्ला बजारबाट सेयर खरिद गर्न पाउने व्यवस्थाको प्रस्ताव गरिएको हो।
संसदबाट पारित भएर नयाँ ऐन लागू भएपछि निजामती कर्मचारीहरुले खुला बजारमा शेयर खरिद गर्न पाउने व्यवस्था कार्यान्वयनमा हुनेछ । हाल निजामती कर्मचारीहरुलाई प्राथमिक बजारमा मात्रै शेयर खरिदको अनुमति रहेको छ।
विधेयकमा निजामती कर्मचारीले खुल्ला बजारबाट शेयर खरिद गर्न र आधारभूत शेयरधनी नहुने गरी १ प्रतिशत भन्दा कम शेयर खरिद गर्न सकिने व्यवस्था उल्लेख गरिएको छ ।
प्रतिक्रिया