कञ्चनपुर- एन आई सि एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले मझगाँउ शाखा अन्तर्गतका ५४ जना समूह अध्यक्ष तथा भिमदत्त न.पाका नगर प्रवत्ता पदम अवस्थी,भि.न.पा वडा नं. ४ का वडा अध्यक्ष शुशिल कुमार भट्ट,जिल्ला प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरि निरिक्षक हर्ष बहादुर चन्द,भि.न.पा वडा नं.१८ का प्रतिनिधि महेश बहादुर वस्नेत, भि.न.पा वडा नं.१७ कि वडा सदस्य श्री मञ्जु चन्द बम तथा समाजसेवि व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम गरेको हो ।
कार्यक्रमको अध्यक्षता यसै शाखा द्वारा संचालीत केन्द्र नं.१७८ कि प्रमुख धना देवि कुवँरले गरेका थिए प्रमुख अतिथि कलुवापुर उप प्रदेश कार्यालयका अनुगमन अधिकृत भुबन राज पाठकले वित्तीय साक्षरता सम्बन्धि शिक्षा,कर्जा,बचत बारे जानकारी विधमान लघुवित्तका समस्या,त्यसका समाधान र लघुवित्त किन आवश्यक छ भन्ने बारे जानकारी साथै आधुनिक डिजिटल प्रविधि तथा मोबाइल बैंकिङसँग सम्बन्धित विषयमा प्रशिक्षण दिए हुन् ।
शाखामा भएका कुल २५३ वटा समूहमध्येबाट ३ वटा समूह पुरस्कृत भएको तथा उत्कृष्ट ॠणीमा केन्द नं.२१६ कि सदस्य जानकी सार्की उत्कृष्ट बचतकर्तामा केन्द्र नं.०६० कि सदस्य जानकी रावल उत्कृष्ट केन्द्र प्रमुखमा केन्द्र नं।०२० कि सदस्य श्री शारदा देवि पाठकलाई समेत सम्मान गरिएको अनुगमन अधिकृत पाठकले बताए ।
कार्याक्रमको संचालन यसै शाखाका शाखा प्रमुख धर्मानन्द जोशीले गरेका थियो भने स्वागत मन्तव्य तथा कार्यक्रमको संक्षीप्त परिचय शाखा कार्यालय चाँदनीदोधाराका शाखा प्रमुख हिरण्ड कुमार विष्टले जानकारी गराएको संस्थाले जनाएको छ । कार्यक्रममा शाखा कार्यालय मझगाँउका कर्मचारी साथै समाजसेवि व्यक्तिहरुको पनि सहभागीता रहेको थियो । कार्यक्रममा वित्तीय संस्थाले हाल समुदायमा देखिएका विविध समस्या समाधानका लागि सामूहिक सहयोग, सामूहिक प्रयासमा सदस्यहरुको अहम भुमिका रहेको तथा यस्ता वित्तीय कार्यक्रम बाट त्यसका लागी सहयोग पुग्ने अपेक्षा समेत लिएको जनाइएको छ ।
प्रतिक्रिया