सिंगटी हाइड्रो इनर्जीको हकप्रदमा आवेदन दिने म्याद आजसम्म

सिंगटी हाइड्रो इनर्जीको हकप्रदमा आवेदन दिने म्याद आजसम्म


काठमाडौं– सिंगटी हाइड्रो इनर्जी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (फागुन २२ गते) अन्तिम दिन तोकिएको हो ।

कम्पनीले १ः१ अनुपातमा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको हो ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले पुस २२ गते बुकक्लोज गरिसकेको छ। पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।