काठमाडौं – सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा छिमेक लघुवित्त वित्तीय संस्था र युनिभर्सल पावर कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
नेप्सेमा छिमेक लद्युवित्तको गत आर्थिक वर्षको मुनाफाबाट पाँच प्रतिशत बोनस शेयर र युनिभर्सल पावर कम्पनीको ८.५५ प्रतिशत बोनश शेयर सूचीकृत भएको हो ।
जसअनुसार छिमेक लघुवित्तको १४ लाख १७ हजार ७०१ कित्ता बोनस शेयर सूचीकृत भएको छ । त्यस्तै युनिभर्सल पावरको १७ लाख ९५ हजार ७९९.२५ कित्ता शेयर नेप्सेमा सूचीकत भएको हो ।
प्रतिक्रिया