सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट हुने मिति तोकियो

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट हुने मिति तोकियो


काठमाडाैं – सर्वोत्तम सिमेन्टको प्राथमिक शेयर (आईपीओ) शुक्रबार बाँडफाँट हुने भएको छ । पहिलो पटक बुक बिल्डिङ विधिबाट खुलेको आईपीओको शुक्रबार एक औपचारिक कार्यक्रममार्फत बाँडफाँट गर्न लागिएकाे हाे ।

आईपीओकाे बिक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेकाे छ । गोलाप्रथाबाट आवेदकलाई न्यूनतम ५० कित्ताका दरले शुक्रबार शेयर बाँडफाँट गर्न लागिएको हो ।

सर्वोत्तमको आईपीओमा १० लाखभन्दा धेरैले आवेदन दिएका छन् । करिब २० अर्ब रुपैयाँ आवेदकको बैंक खातामै ब्लक भएको छ । कुल २७ लाख ७६ हजार ७६ कित्ताका लागि कम्पनीले आवेदन माग गरेको थियो । कम्पनीको आईपीओ जम्मा ५५ हजार ५२१ जनाले पाउने छन् ।