काठमाडौं– नेपाल राष्ट्र बैंकले १३ अर्ब ४ करोडको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले फागुन २२ गते जारी गर्ने गरी ९१ दिने र १८२ दिनेगरी दुई किसिममा कूल १३ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्न लागेको हो ।
ट्रेजरीका लागि अनलाइन आवेदन दिन सोमबार (आज) दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले सो अवधिमा आवेदन दिन सक्नेछन् ।
बैंकको सूचना अनुसार ९१ दिने ट्रेजरीका लागि ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ भने १८२ दिनेका लागि ७ अर्ब रुपैयाँ छुट्याइएको छ । उक्त ट्रेजरीको बोलकबोल आज दिउँसो ३ बजे हुनेछ ।
बैंकले ट्रेजरी नयाँ नभएर पुरानै नवीकरण गर्न लागेको हो । केन्द्रीय बैंकले यसअघि फागुन १४ गते १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।
प्रतिक्रिया