१३ अर्ब बढीको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक

१३ अर्ब बढीको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक


काठमाडौं‘ नेपाल राष्ट्र बैंकले १३ अर्ब बढीको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ।

बैंकले सोमबार बोलकबोल गरी ट्रेजरी बिलमार्फत १३ अर्ब ४ करोड ५० लाख रुपैयाँबराबरको ऋण नवीकरण गर्ने लागेको हो। ट्रेजरी बिल भने फागुन २२ गते जारी हुनेछ ।

यी ट्रेजरी बिल ९१ दिने र १८२ दिने रहेका छन् । ९१ दिनेमा ६ अर्ब ४ करोड ५० लाख रुपैयाँको बिल रहेकोमा १८२ दिनेमा ७ अर्ब रुपैयाँ ट्रेजरी बिल रहेको छ ।

यसमध्येबाट ९१ दिने ट्रेजरी बिल २०८१ जेठ २२ गते परिपक्व हुनेछ भने १८२ दिने बिल २०८१ भदौ १८ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।