लोअर इर्खुवा हाइड्रोपावर आइपीओ जारी गर्दै

लोअर इर्खुवा हाइड्रोपावर आइपीओ जारी गर्दै


काठमाडौं– लोअर इर्खुवा हाइड्रोपावर कम्पनी आइपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २८ लाख ५ हजार ७५० कित्ता आइपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले उक्त कित्ता बराबरको २८ करोड ५ लाख ७५ हजार रुपैयाँ शेयर निष्काशन गर्ने जनाउँदै प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।

आइपीओ जारी गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमतिका लागि निवेदन दिएको छ । अनुमति पाएपछि आइपीओ निष्कासन हुनेछ ।