कठमाडौं– साधना लघुवित्त वित्तिय संस्था लिमिटेडको सातौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले फागुन १९ गते सम्पन्न सभाबाट तनहुँमा केन्द्रिय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रस्ताव पारित गरेको हो ।
योसँगै दुबै लघुवित्त मर्ज भएपछिको संस्थाको नाम सबैको साधना लघुवित्त वित्तीय संस्था हुने जनाइएको छ । मर्ज पछि संस्थाको स्वाप रेसियो १ः१ हुने अनुमान गरिएको छ । मर्जर पश्चात् केन्द्रिय कार्यालय चितवन जिल्लामा स्थानान्तरण हुनेछ ।
साथै मर्जरपश्चात् संस्थाको सात वटै प्रदेशमा कार्यक्रम विस्तार गरी आधुनिक प्रविधीमैत्री सेवा तथा ग्राहक सदस्यहरुमा उद्यमशिलता विकासका साथै वित्तीय साक्षरतामा विशेष जोड दिई कार्यक्रम संचालन गर्ने कुरा प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले सभामा बताएका थिए ।
साधारण सभाले सञ्चालक समितिबाट पेश भएको आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाव लगायत अन्य वित्तिय विवरणसहितको वार्षिक प्रतिवेदन पारित गरेको हो । यसैगरी चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३१ जिल्लाबाट ९३ वटा शाखा कार्यालयहरुमार्फत संस्थाको पहुँच १ लाख ४ हजार भन्दा बढी विपन्न परिवारमा सेवा पुगेको जनाइएको छ । हालसम्म संस्थाको लगानीमा रहेको कर्जा ५ अर्ब ४० करोड तथा बचत १ अर्ब ३१ करोड भन्दा बढी सदस्यहरुवाट संकलन गर्न सफल भएको सभामार्फत जानकारी दिइएको हो ।



About Us
प्रतिक्रिया