काठमाडौं– नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको १०औं वार्षिक साधारण सभा चैत १६ गते हुने भएको छ । सभा धुलिखेलस्थित धुलिखेल लज रिसोर्टमा बिहान साढे १० बजे शुरु हुने कम्पनीले जनाएको छ।
सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्नुका साथै ६ लाख ६९ हजार ९००.२७ कित्ता एफपीओ निष्काशन गर्नै प्रस्ताव अघि सारेको छ ।
यसैगरी सभाबाट कम्पनीले गत आर्थिक वर्षको ७.५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ८ करोड १३ लाख १५ हजार ४६६ रुपैयाँ ४६ पैसा नगद लाभांश वितरण गर्नेछ।
साथै सञ्चालक समितिको निर्णयक भूमिकाका लागि संस्थापक समूहबाट ४ जना र सर्वसाधारणका तर्फबाट २ जना सञ्चालक चयन सभामार्फत गरिने कम्पनीले जनाएको छ । योसँगै स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन पनि हुनेछ ।
यस्तै बुकक्लोजको मिति कम्पनीले फागुन ३० गतेदेखि चैत १६ गतेसम्म तोकेको छ । सभामा भाग लिन तथा लाभांश पाउन योग्य भने फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहने शेयरधनीहरु मात्र हुनेछन् ।
प्रतिक्रिया