काठमाडौं– कर्पोरेट डेभलपमेन्ट बैंकले ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको ३ लाख ८ हजार ५०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।
इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थाका लागि शेयर बिक्री खुला गरिने बैंकले जनाएकाे छ ।



About Us
प्रतिक्रिया