हिमालयन रिइन्योरेन्सको सञ्चालकमा तीनजना निर्वाचित

हिमालयन रिइन्योरेन्सको सञ्चालकमा तीनजना निर्वाचित


काठमाडौं– हिमालयन रिइन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा तीनजना नयाँ सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

कम्पनीको तेश्रो साधारण सभाबाट संस्थापक शेयरधनी समूहबाट १ जना र सर्वसाधारण शेयरधनीबाट २ जना गरी तीनजना निर्विरोध निर्वाचित भएका हुन् ।

कम्पनीको निर्वाचन समितिले एक सूचना जारी गर्दै संस्थापक समूहबाट रोहित गुप्ता र सर्वसाधारण समूहबाट राजीव मोर र शुभेच्छा खरेल निर्वाचित भएको जानकारी दिएको हो ।