काठमाडौं– सन् २०२४ को दोस्रो महिना फेब्रुअरीमा पर्यटक आवागमन बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुअरीमा ९७ हजार ४२६ पर्यटक भित्रिएका छन् ।
पर्यटक आवागमनको यो संख्या गत महिनाको तुलनामा करिब १८ हजार बढी हो । अघिल्लो महिना (जनवरी) मा ७९ हजार एक सय पर्यटक भित्रिएका थिए । विभिन्न मूलुकका यी पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएका हुन् ।
फेब्रुअरीमा सबैभन्दा धेरै २५ हजार ५ सय ७८ जना भारतीय पर्यटक आएका छन् । यस्तै दाेस्राेमा चीनबाट ९ हजार १ सय ८० आएका छन् । तेस्राेमा अमेरिकाबाट ९ हजार ८९ जना पर्यटक भित्रएका छन् । यस पश्चात् क्रमशः थाइल्याण्डबाट ४ हजार ७९९, बेलायबाट ४ हजार ५ सय ७१, बंगलादेशबाट ४ हजार ९९, श्रींलकाबाट ३ हजार ६ सय ८४, अष्ट्रेलियाबाट २ हजार ९ सय ७६, म्यानमारबाट २ हजार ९ सय २१, जर्मनीबाट २ हजार ४ सय ९४ भित्रिएका हुन् ।
यसअघि सन् २०१९ को फेब्रुअरीमा एक लाख दुई हजार पर्यटक भित्रिएका थिए। चार वर्षपछि यसपालि ९७ लाख पर्यटक भित्रिएका हुन्। अघिल्लो वर्ष सन् २०२३ को फेब्रुअरीमा ७३ हजार २५५ पर्यटक आएका थिए।
प्रतिक्रिया