मौद्रिक नीतिले कोरोनाबाट प्रभावित बनेका सबै क्षेत्रलाई समेट्छः गर्भनर अधिकारी

मौद्रिक नीतिले कोरोनाबाट प्रभावित बनेका सबै क्षेत्रलाई समेट्छः गर्भनर अधिकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो सीमाभित्र रहेर कोभिडबाट प्रभावित बनेका सबै क्षेत्रलाई मौद्रिक नीतिले समेट्ने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित मौद्रित नीतिमाथिको वृहत छलफलमा सहभागिहरुको सुझाव तथा टिप्पणीलाई सम्बोधन गर्दै अधिकारीले अहिले कोभिड दोस्रो लहरको गहिरो असरका कारण गत वर्षभन्दा अवस्था फरक भएपनि राष्ट्र बैंकले आफ्नो सीमाभित्र रहेर कोभिडबाट प्रभावित बनेका सबै क्षेत्रलाई मौद्रिक नीतिले समेट्ने बताउनुभयो । मौद्रिक नीति आफैंमा सबैथोक नभएकाले बैंकिङ एशोसिएशन तथा बैंकहरु र अन्य अन्तर–सम्बन्धित संस्थाहरुले पनि नीतिले अघि सारेका सोचलाई सार्थक बनाउन कार्यान्वयन तहबाट भूमिका निर्वाह गर्न महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

राष्ट्र बैंक अहिले विस्तारै बैंकिङ क्षेत्रमा नियन्त्रणको सोचबाट नियमनकारी भूमिकामा केन्द्रित हुने दिशामा अघि बढेको पनि गभर्नर अधिकारीले बताउनुभयो ।

गत वर्ष कोभिडबाट प्रभावित भएकामध्ये केहीलाई छोडेर अधिकांश क्षेत्र चाँडै रिकभरतर्फ उन्मुख भएको भन्दै गभर्नर अधिकारीले त्यसको असर अब बैंकिङ क्षेत्रतर्फ सर्नसक्ने बताउनुभयो । अब सावधानी अपनाउनुपर्ने र राष्ट्र बैंकले बैंकहरुतर्फ ध्यान दिनुपर्ने आवश्यकता पर्नेतर्फ पनि उहाँले बताउनुभयो ।

अघिल्लो मौद्रिक नीतिको कार्यदिशा अनुरुप बैंक तथा वित्तीय संस्थाहरुले कोभिड प्रभावित उद्योग व्यवसायलाई सहयोग गर्न भूमिका निर्वाह गरेका थिए। सोही कारण प्रायः क्षेत्रहरु पुनरुत्थानतर्फ चाँडै बढेको भएपनि अहिले कोभिडको दोस्रो लहरले अवस्था फरक बनेको औंल्याउँदै गभर्नर अधिकारीले यो साल दोस्रो लहरको असर बैंकिङ क्षेत्रमा असर देखिन सक्ने बताउनुभयो गत वर्ष बैंकहरुले अरु क्षेत्रलाई दिएको सुविधाको प्रभाव यो वर्ष बैंक तथा वित्तीय क्षेत्रमा सरेको उहाँको भनाइ थियो।