कुमारी बैंकले राख्यो ६ लाख बढी कित्ता शेयर बिक्रीमा

कुमारी बैंकले राख्यो ६ लाख बढी कित्ता शेयर बिक्रीमा


काठमाडौं– कुमारी बैंकले ६६ लाख ४१ हजार २७५ कित्ता शेयर बिक्रीमा राखेको छ । संस्थापक शेयरधनीहरुका नाममा रहेको उक्त कित्ता बैंकले विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको शेयर खरिदका लागि बैंकले ३५ दिनको समायावधि तोकेर निवेदन दिन सकिने जनाएके छ । इच्छुक लगानीकर्ताले काठमाडौंको टंगालस्थित बैंकको प्रधान कार्यालय वा काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटलको कार्यालयमा सोही अवधिभित्र खरिद आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

साथै बैंकले तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुले खरिद आवेदन नदिए अन्य व्यक्ति तथा संस्थाका लागि शेयर बिक्री खुला गरिने जनाएको हो।