काठमाडौं– शिवम् सिमेन्टको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले आठौं वार्षिक साधारण सभाले पारित गरेको बोनस शेयर शेयरधनीको हितग्राही खातामा (डिम्याट खाता) जम्मा गरेको हो ।
कम्पनीले गत पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीको खातामा बाेनस शेयर गराएको जनाएको छ ।
कम्पनीको पुस २७ गते सम्पन्न आठौं वार्षिक साधारणसभाले १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश पारित गरेको थियो । सभाले पारित गरेको सो बोनस शेयर फागुन १४ गतेदेखि नै शेयरधनीको हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया