काठमाडौं– स्वास्थ्य बीमा बोर्डले कर्मचारी माग गरेको छ । बोर्डले सूचना प्रविधि सहायक पदमा ६ जनाका लागि दरखास्त आह्वान गरेको हो ।
बिहीबार एक सूचना जारी गर्दै बोर्डले पाँचौँ तहको यो पदमा दरखास्त दिन मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट सूचना प्रविधिसम्बन्धी विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ ।
यसका लागि आगामी चैत १ गतेसम्म दरखास्त दिन सकिने जनाउँदै बोर्डले दरखास्त दिन ४०० रुपैयाँ दस्तुर लाग्ने जानकारी सूचनामार्फत दिएको हो । साथै इच्छुक उम्मेदवारको उमेर १८ वर्ष पूरा गरी ४० वर्ष ननाघेको हुनुपर्ने पनि सूचनामा उल्लेख छ ।
प्रतिक्रिया