काठमाडौं– साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक दोहोरो अंकले घटेर १९७२ अंकमा झरेको छ । बुधबारको तुलनामा नेप्से २८.६८ अंक (१.४३ प्रतिशत) घटेको हो ।
आज दिनभर कुल २ अर्ब ५९ करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन २ अर्ब ३ करोडको कारोबार भएको थियो । कुल २२० कम्पनीको मूल्य घट्दा १७ को बढ्यो भने ११ को स्थिर रह्यो ।
प्रतिक्रिया