बैंक र व्यवसायीकाे सम्बन्ध सुमधुर बनाउनुपर्छ : संस्थापक अध्यक्ष कटुवाल

बैंक र व्यवसायीकाे सम्बन्ध सुमधुर बनाउनुपर्छ : संस्थापक अध्यक्ष कटुवाल


काठमाडौं – बैंक तथा वित्तीय संस्थाको विरुद्ध लामो समयदेखि विभिन्न आन्दोलनहरु हुदै आएका छन् । बैंक तथा वित्तीय संस्थाले पहिला व्यवसायीलाई दिएको टर्चरले नै यो अवस्था आएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवाल बताउँछन् ।

उनका अनुसार बैंकहरुले कोरोना आएसँगै भएको लकडाउनको समयमा व्यवसायीलाई चाहिनेभन्दा बढि तनाव दिए उक्त समयमा बैंकले ऋणीको नाम सार्वजनिक गर्दै, ऋण नतिरेको भन्दै ३५ दिने सूचना जारी गर्दै समाजमा व्यवसायीको इज्जत प्रतिष्ठाको ख्याल नगरेसँगै व्यवसायीहरुले बैंक विरुद्ध आवाज उठाउन थाले त्यो समयमा ऋणीहरुले आफ्नो पीडा गुम्साएर राखेका थिए । परिणाम स्वरुप यो परिस्थिती आउनुमा बैंकको नै हात रहेको र यो समय सिर्जनाको कारण पनि बैंक नै हो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्था कतिपय कुरामा सुध्रिदै गइरहेका पनि छन् । बैंक वित्तीय संस्थाले व्यवसायीसँगको सम्बन्ध राम्रो बनाउँनै का लागि ब्याजदर पनि निरन्तर घटाउँदै लगेका छन् । अध्यक्ष कटुवालले भने ‘बैंक तथा वित्तीय संस्थाले व्यवसायीकोलागि जे जति काम गर्नुपर्ने हो त्यो गरिएका छैनन्’ । उनले बैंकले आफ्ना कमी कमजोरीलाई सुधारेर बैंक र व्यवसायीको सम्बन्ध सुमुधुर बनाउँदै लैजानु पर्ने बताए । ‘बैंक तथा वित्तीय क्षेत्रप्रति सर्वसाधरणमा अहिले जुन खालको चिटचिटाहट उत्पन्न भएको छ यसलाई कम गराउन बैंकरहरुले केही निती अवलम्बन गर्नुपर्ने कट्वालको सुझाव छ ।

अहिले बैंक तथा वित्तीय क्षेत्रको विरुद्धमा व्यक्ति मात्रै नभई समूह नै लागि रहेका छन् । पहिलो पटक बैंक तथा वित्तीय क्षेत्रको विरोधमा आवाज उठाएको देशभरका व्यवसायीको छाता संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले अहिलेको आर्थिक मन्दीको समयमा संस्थाहरुलाई सुध्रिने सुझाव दिने तर संस्थाहरुले सो सुझाव कार्यान्वयन नगरे मात्रै आन्दोलनमा जाने बताएको छ ।