काठमाडौं– सर्वोत्तम सिमेन्टको आईपीओमा १० लाख बढीले आवेदन दिएका छन् । बुक बिल्डिङ प्रक्रियाबाट जारी गरिएको आईपिओमा १० लाख १५ हजार २११ जनाले आवेदन दिएका हुन् ।
कुल २७ लाख ७६ हजार ७६ कित्ताका लागि १० लाख १२ हजार ३८४ जना आवेदकबाट ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । न्यूनतम ५० कित्ता बाँडफाँट गर्नुपर्ने भएकाले ५५ हजार ५२१ जनाले मात्रै कम्पनीको शेयर पाउनेछन् ।
सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङ विधिमार्फत सर्वसाधारणलाई फागुन १३ गतेदेखि १६ गतेसम्म आइपीओ निष्कासन तथा बिक्री खुला गरेकाे थियाे ।
प्रतिक्रिया