काठमाडौं – कुमारी बैंक लिमिटेडले संस्थापक समूहको २८ हजार ६६३ कित्ता शेयर बिक्रीमा ल्याएको छ। बैंकले सर्वसाधारणले खरीद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।
बैंकले यसअघि सो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूलाई प्रस्ताव गरेको थियो। शेयर किन्न इच्छुक लगानीकर्ताले आजको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ। खरिद गर्न इच्छुकले बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । बैंकले शेयर मूल्य भने खुलाएको छैन ।
प्रतिक्रिया