काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको ३७ औँ वार्षिक साधारणसभा आगामाी चैत्र २० गते बस्ने भएको छ । बैंक सञ्चालक समितिको फागुन १६ गते बसेको बैठकले वार्षिक साधारणसभा आगामी चैत २० गते आयोजना गर्ने निर्णय गरेको हो।
सभाले संस्थापक शेयरधनीबाट ४ जना र सर्वसाधारण शेयरधनीबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ। सभाले बैंकको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल र एनआइएमबि स्टक मार्केट्सको गत आर्थिक वर्ष २०७९/ ८०को वित्तीय विवरणहरु पनि अनुमोदन गर्नेछ।
यसैगरी सभामा गत आर्थिक वर्षको बैंकको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृत गरिनेछ।वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले फागुन २४ गतेदेखि साधारणसभा नभएसम्म बुक क्लोज गर्दैछ।
प्रतिक्रिया