काठमाडौं,
आज शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ० दशमलव ८७ अंकले घटेर २००० दशलमव ७७ को विन्दुमा कायम भएको छ । मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको थियो । हिजो नेप्से ९.३४ अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको थियो ।
आज दिनभरिमा ३०८ कम्पनीको ५१ लाख १५ हजार ६५८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज ७१ कम्पनीको शेयर मुल्य बढेको छ भने १७० कम्पनीको शेयर मुल्य घटेको छ ।
प्रतिक्रिया