‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ सम्पन्न

‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ सम्पन्न


काठमाडौं – मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ सम्पन्न भएको छ । काठमाडौंको कला परिषद्मा फागनु ५ गतेदेखि प्रदर्शनी शुरु भएको प्रदर्शनी (आज) बुधवार सम्पन्न भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत फागुन ५ गते प्रदर्शनीको शुभारम्भ गरेका थिए, भने प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदर्शनीको समापन समारोहलाई सम्बोधन गरेका थिए ।

प्रदर्शनीमा विभिन्न ५१ देशका १३७ चित्रकारले बनाएका दुई सय १३ वटा भन्दा बढी चित्रहरू समावेश भएकाे दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए। प्रमुख भट्टराईले शुरुमा ४३ जना स्वदेशी तथा विदेशी चित्रकारहरुको वर्कसप खोटाङमा पाँच दिने लाइभ पेन्टिङ भएको भनाइ राखे । सो प्रदर्शनीपछि अन्य देशका चित्रकारहरुसँग सम्पर्क गरी ५१ देशका १३७ चित्रकारहरुले कोर्नुभएका चित्रहरु प्रदर्शनमा राखेको उनले बताए । चित्रकला प्रदर्शनीले खोटाङ र दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य रहेको भट्टराईले बताए ।

उनले भने, ‘४३ जना स्वदेशी तथा विदेशी चित्रकारहरुको वर्कसप खोटाङमा वर्कसप गरेका थियौँ, त्यो पाँच दिने लाइभ पेन्टिङ भएको थियो । दिक्तेल आसपासमा चित्र कोर्नुभयो । यो बीचमा अन्य देशसँग पनि सम्पर्क गरेर ५१ देशका १३७ जना चित्रकारहरुले बनाउनुभएका चित्र छन् । फागुन ५ गतेबाट शुभारम्भ भएर आज सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले समापन गर्नुभएको छ । चित्रकलामार्फत खोटाङको पर्यटन प्रवद्र्धन गर्न चाहन्छौँ । २१३ वटा चित्र रहेका छन् । यि चित्र दिक्तेल लगेर संग्रहालयका रुपमा विकास गर्नेछौँ । दिक्तेल पेरिफेरिका छन् । साथै जिल्लाभरका पनि छन् । हाम्रो नगरपालिका र खोटाङ जिल्लाका ऐतिहासिक तीर्थस्थलको चित्र छ ।’

प्रमुख भट्टराईले चित्रलाई दिक्तेलमा संग्रहालयका रुपमा विकास गर्ने बताए । उनले दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका र खोटाङ जिल्लाभरका ऐतिहासिक तीर्थस्थलहरुलाई चित्रमा उतारिएको भनाइ राखे । (न्युज एजेन्सी नेपाल)