पक्राउ परेका बैंकरहरुलाई रिहा नगरे बैंकिङ्ग काम नै ठप्प पार्ने बैंकर्स संघको निष्कर्ष

पक्राउ परेका बैंकरहरुलाई रिहा नगरे बैंकिङ्ग काम नै ठप्प पार्ने बैंकर्स संघको निष्कर्ष


काठमाडौं- वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले बैंकरहरु पक्राउ परेपछि संघको बैठक सम्पन्न गरेको छ । बैंठकले पक्राउ परेका बैंकरहरुलाई रिहा नगरे बैंकिङ्ग काम नै ठप्प पार्ने बताएको छ । बैंठकले प्रहरी र गृहमन्त्रीलाई बैंकिङ सिस्टमबारे बुझाउने पनि उल्लेख गरेको छ ।

संघकाे बैठकले माग सम्बोधन नभए आन्दोलनमा उत्रिनेसम्मको कार्य तय गरेको छ । संघका प्रतिनीधिले पहिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट्ने र बैंक तथा वित्तीय क्षेत्र एवं त्यहाँ कार्यरत कर्मचारीको संरक्षणबारे नियामकलाई ध्यानाकर्षण गराउने भएका हुन् ।

प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, सेन्चुरी बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तुल्सीराम गौतमलगायतलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले हिजो प्रक्राउ गरेको थियो ।

याे पनि :