समस्याग्रस्त सहकारीलाई लक्षित गर्दै व्यवस्थापन समितिको ६ बुँदे निर्देशन जारी

समस्याग्रस्त सहकारीलाई लक्षित गर्दै व्यवस्थापन समितिको ६ बुँदे निर्देशन जारी


काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित भएका तीन सहकारीलाई लक्षित गर्दै ६ बुँदे निर्देशन जारी गरेकाे छ । व्यवस्थापन समितिले हाम्रो नयाँ कृषि सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका ऋणी, सञ्चालकलाई लक्षित गर्दै ६ बुँदे निर्देशन जारी गरेकाे हाे ।

सहकारीका सञ्चालक तथा कर्मचारीले सहकारीसँग सम्बन्धित सम्पूर्ण कागजात तथा सम्पत्तिहरु समिति समक्ष बुझाई कार्यालय बन्द गर्नुको साथै कुनै पनि कारोवार नगर्न नगराउन भनेको छ । सञ्चालक र कर्मचारीले यस समिति समक्ष उपस्थित भइ आवश्यक सहयोग गर्न भनेको छ ।