काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै ३८ करोड रुपैयाँ बैंकरुहरुको मुद्दती निक्षेपमा राख्न लागिएको जनाएको छ । यसका लागि बैंकहरुले फागुन २० गते राति ७ बजेभित्र ब्याजदर प्रस्ताव गर्नुपर्नेछ।
बैंकले उपदान तथा पेन्सन कोष र कर्मचारी सुरक्षण कोषमा रहेको कुल ३८ करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा राख्न लागेकाे हाे ।
राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्नेछ। राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ३० करोड ४० लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ५ करोड ७० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १ करोड ९० लाख रुपैयाँ मुद्दती निक्षेपमा राखिनेछ।
आउँदो चैत २ गतेदेखि २०८१ चैत १ गतेसम्म ३६६ दिनका लागि उक्त रकम मुद्दति निक्षेपमा राखिने राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया