लघु निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क ७ करोडमाथि, नेपाल माइक्रो अग्रपंक्तिमा

लघु निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क ७ करोडमाथि, नेपाल माइक्रो अग्रपंक्तिमा


काठमाडौं– निर्जीवन बीमा व्यवसाय गर्ने तीनवटा लघु निर्जीवन बीमाकम्पनीहरुले लघु बीमा कम्पनीहरुले माघ महिनासम्म ७ करोड बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । कुल ३१ हजार ८८१ बीमालेख जारी गरेर माघमसान्तसम्म ७ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । लघु निर्जीवन बीमा कम्पनीहरुले माघ महिनामा मात्रै दुई करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । उनीहरुले ११ हजार ५६० बीमालेख जारी गरेर दुई करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

नेपाल माइक्रो इन्स्योरेन्स
माघससम्म सबैभन्दा बढी नेपाल माइक्रो इन्स्योरेन्सले व्यापार गरेको छ। नेपाल माईक्रोले माघ मसान्तसम्म ३ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । नेपाल माईक्रोले यो अवधिमा २० हजार २९२ वटा पोलिसि बेचेको छ ।

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स
त्यसैगरी, २ करोड ३२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको प्रोटेक्टिभ माईक्रोले ५ हजार ८७३ वटा पोलिसि बेच्दा

स्टार माइक्रो इन्स्योरेन्स
स्टार माईक्रोले ५ हजार ७१६ वटा पोलिसि बेचेको छ। स्टारले माघ मसान्तसम्म १ करोड ७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।