बैंकर पक्राउ परेपछि बैंकर्स संघले डाक्यो बैठक : सीआइबी, गृहमन्त्री र गभर्नरलाई समेत भेट्ने

बैंकर पक्राउ परेपछि बैंकर्स संघले डाक्यो बैठक : सीआइबी, गृहमन्त्री र गभर्नरलाई समेत भेट्ने


काठमाडौं-  वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले बैंकरहरु पक्राउ परेपछि संघको बैठक डाकेको छ । प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, सेन्चुरी बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तुल्सीराम गौतमलगायतलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले प्रक्राउ गरेपछि संघले बैंठक डाकेको हो।

बैंठक सकिएपछि संघका प्रतिनीधिहरुले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का प्रमुख, गृहमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरलाई समेत भेट्ने भएका छन् ।

न्यौपानेलाई सेन्चुरी बैंकमा कार्यरत रहँदा प्रवाह भएको ऋणमा अनियमितता गरेको आरोपमा सीआईबीले पक्राउ गरेको थियो। सीआईबीले न्यौपानेसहित सेन्चुरी बैंककै पूर्व सीईओ तुलसीराम गौतमका साथै करिब दर्जन कर्मचारीलाई पक्राउ गरेको छ ।