सेन्चुरी बैंकका तत्कालिन सीईओद्धय न्यौपाने र गौतमसहित अन्य कर्मचारी पक्राउ

सेन्चुरी बैंकका तत्कालिन सीईओद्धय न्यौपाने र गौतमसहित अन्य कर्मचारी पक्राउ


काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ । तत्कालीन सेन्चुरी बैंकबाट कमसल धितो राखी दुई अर्ब रूपैयाँ बराबर ऋण प्रवाह गरेको पाइएपछि सेन्चुरी बैंकका तत्कालिन सीईओद्धय मनोज न्यौपाने (हाल प्रभु बैंकका सिनियर डेपुटी सीईओ) र तुलसीराम गौतम पक्राउ परेका हुन् ।

सीआईबीका अनुसार उनीहरुले तीन वटा कम्पनीलाई कमसल धितोमा ऋण प्रवाह गरेका थिए । पक्राउ पर्नेमा प्रभु बैंकका हालका कर्मचारी दिलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ र राजेश भण्डारी छन् ।

यसैगरी, सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत र सन्ध्या श्रेष्ठलाई पनि पक्राउ गरेको सीआईबीले जनाएकाे छ।सेन्चुरी बैंक प्रभु बैंकमा गाभिएपछि प्रभुमा कार्यरत कर्मचारीहरु पक्राउ परेका हुन् ।