काठमाडौं – प्रभु बैंकले रूकुम पश्चिमको आठबिसकोटस्थित शाखाका अपरेसन इन्चार्ज निराजन शाहले हिनामिना गरेको रकमध्ये झण्डै ७० लाख रकम पीडितलाई फिर्ता गरेको छ । बैंकका इन्चार्ज शाह बचकर्ताको एक करोड ३१ लाख २५ हजार रूपैयाँ हिनामिना गरी फरार छन् ।
रकम हिनामिना गरेको आरोपमा शाहविरूद्ध प्रभु बैंकको कर्णाली प्रदेश कार्यालयका इन्चार्ज शरद तिमिल्सिनाले जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा उजुरी दिएका थिए ।
प्रतिक्रिया