सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट


काठमाडौं– मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ९.३४ अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । सोमबारको तुलनामा ०.४६ प्रतिशतले बढ्दै आज २,००१ को विन्दुमा पुगी शेयर बजार बन्द भएको छ ।

नेप्से बढेपनि कारोबार रकममा भने लगातार गिरावट देखिँदै छ । हिजो ३१४ कम्पनीको ५९ लाख ८८ हजार ७१७ कित्ता खरिदबिक्री हुँदा कारोबार रकम २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० रुपैयाँ पुगेको नेप्सेमा आज भने ३ सय ८ कम्पनीको ५२ लाख ३३ हजार ७९७ कित्ता खरिदबिक्री हुँदा कारोबार रकम जम्मा १ अर्ब ८६ करोड ७४ लाख ६० हजार ६३३ रुपैयाँ पुगेको छ ।

आज १ सय ४३ कम्पनी नाफमा गएका छन् । साथै ८९ कम्पनी घाटामा देअिएसँगै १६ कम्पनीको कारोबार स्थिर छ ।