काठमाडौं – प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको छ ।
न्यौपानेलाई सेन्चुरी बैंकमा कार्यरत रहँदा प्रवाह भएको ऋणमा अनियमितता गरेकाे आरोपमा सीआईबीले पक्राउ गरेको हो ।तत्कालीन सेञ्चुरी बैंकका सीईओ न्यौपाने मर्जपछि प्रभु बैंकमा सिनियर डेपुटी सीईओको रुपमा कार्यरत थिए ।
सीआईबीले न्यौपानेसहित सेन्चुरी बैंककै पूर्व सीईओ तुलसीराम गौतमका साथै करिब दर्जन कर्मचारीलाई पक्राउ गरेको छ ।
ऋण अपचलन गरेको अभियोगमा न्यौपानेसहित दश जनालाई आज पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
उनले भने,‘ हामीले १० जनालाई नियन्त्रणमा लिएका छौँ, ‘अहिले छानबिन जारी छ । छानबिन सकिएपछि सबैको नाम सार्वजनिक गछौँ।’
प्रतिक्रिया