काठमाडौं– मितेरी डेभलपमेन्ट बैंकले शेयरधनीहरुको खातामा बोनस शेयर जम्मा गरेको छ। बैंकले गत मंसिर २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुको खातामा बोनस शेयर जम्मा गरेको हो।
बैंकको गत पुस १४ गते सम्पन्न १८ औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९.५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही शेयर बैंकले शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो।
बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएसएसीमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।



About Us
प्रतिक्रिया