कामना सेवाको ३ लाख ९ हजार ८९२ कित्ता शेयर बिक्रीमा

कामना सेवाको ३ लाख ९ हजार ८९२ कित्ता शेयर बिक्रीमा


काठमाडौं– कामना सेवा विकास बैंकको ३ लाख ९ हजार ८९२ कित्ता शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक र सर्वसाधारणका लागि भनि सो कित्ता शेयर विक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०५ रुपैयाँ तोकिएको बैंकले जनाएको छ । बोलपत्र पेस गर्दा भने क्रेताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

यसमा सर्वसाधारणले आफूले लिन चाहेको शेयर संख्याअनुसार आवेदन दिन सक्नेछन् । संस्थापक शेयरधनीले भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्नुपर्नेछ। खरिदका लागि काठमाडौंको कमलादीस्थित प्रुभ क्यापिटलमा फागुन २२ गतेसम्म बोलपत्र पेस गर्नुपर्नेछ।