काठमाडौं– कुमारी बैंकले आफ्नो ८ लाख ११ हजार ७३५ कित्ता शेयर बिक्रीमा राखेको छ । संस्थापक शेयरधनीहरुका लागि मात्र बिक्रीमा राखिएको शेयर खरिद आवेदनको म्याद ३५ दिन तोकिएको हो ।
इच्छुक संस्थापक शेयरधनीहरुले काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय र काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटलको कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।
शेयरको बिक्री मूल्य भने बैंकलेले तोकेबमोजिम हुनेछ। तोकिएको म्यादभित्र खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।
प्रतिक्रिया