कामना सेवा विकास बैंक र द एसआर होटेल एण्ड इभेन्ट्स प्रालि बीच सम्झौता

कामना सेवा विकास बैंक र द एसआर होटेल एण्ड इभेन्ट्स प्रालि बीच सम्झौता


काठमाडौं– कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देही स्थित द एसआर हाटेल एण्ड इभेन्ट्स प्रालिसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको लजिङ र बिलमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यस सम्झौताबाट बैंकसँग आबद्ध रहेका सबैले विशेष लाभ लिनसक्ने जनाइएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।